नियम ३४
शैक्षिक योग्यताको मूल्याङ्कन
(१) बढुवाका लागि प्रहरी कर्मचारीलाई निजले हासिल गरेको शैक्षिक योग्यताको आधारमा देहाय बमोजिम बढीमा दश अङ्क दिइनेछ
n(२) श्रेणी नखुलेको प्रमाणपत्रको हकमा विश्वविद्यालयले स्तर निर्धारण गरेकोमा सोही अनुसारको श्रेणी कायम गरी र सो नभएमा द्वितीय श्रेणी सरहको अङ्क दिइनेछ ।
(३) प्रहरी नायव उपरीक्षक वा सोभन्दा माथिको पदमा बढुवाका लागि शैक्षिक योग्यताको अङ्क गणना गर्दा प्रहरी निरीक्षक पदको निमित्त आवश्यक पर्ने शैक्षिक योग्यतालाई नै न्यूनतम शैक्षिक योग्यता मानिनेछ ।
(४) साधारण लेखपढ गर्न जान्ने मात्र शैक्षिक योग्यता तोकिएको पदमा नियुक्त भएका प्रहरी कर्मचारीहरुको शैक्षिक योग्यताको मूल्याङ्कन गर्दा एस. एल. सि. भन्दा मुनिको योग्यतालाई न्यूनतम शैक्षिक योग्यता मानी सो वापत द्वितीय श्रेणी सरहको अङ्क प्रदान गरिने छ ।